सिपापेखरेमा ३१ जनाले गरे रगत दान

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका ७ सिपापेखरेमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेका छन् ।

आज वडा कार्यलयको आयोजनामा राजेश्वरी माध्यामिक बिद्यालयमा भएको कार्यक्रममा २२ जना पुरुष र ९ जना महिला गरी ३१ जनाले रक्तदान गरेको वडा अध्यक्ष रबिन्द्र कुमार खातीले जानकारी दिनुभयो ।

उक्त अवसरमा वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले पनि सक्तदान गर्नुभएको पनि अध्यक्ष खातीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष झमक नेपालको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाईटी सिपापोखरे, राजेश्वरी माध्यामिक बिद्यालय, पाँचपोखरी बहुमुखी क्याम्पस, सिपोपोखरे सामुदायिक स्वास्थ्य इकाइ, सिपोपोखरे मोर्डन टेक्निकल कलेज वि.पी.एच. विद्यार्थी सर्वेक्षण समूह लगायत बिभिन्न संघ सँस्थाको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply