इन्द्रावती गाउँपालिकाका ३०६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । देशै भरी आजबाट सुरू भएकाे एसइई परीक्षामा इन्द्रावती गाउँपालिकामा यस वर्ष जम्मा ३०६ जना विद्यार्थी सहभागी भएका छन् । बिहान ८ बजेबाट सुरू भएकाे एसइइमा दुईवटा केन्द्रबाट नियमिततर्फ २६० र ४६ जना ग्रेड वृद्धि गरी ३०६ जनाले परीक्षा दिन लागेका हुन्।

पालिकामा रहेका १२ वटा माध्यमिक विद्यालयहरूमध्ये ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुने परिक्षाामा ऐसेलुखर्क माध्यमिक विद्यालय र राजेश्वरी माध्यमिक विद्यालयमा केन्द्र तोकी एसइइ सञ्चालन हुँदैछ।

यता ऐसेलुखर्क माध्यमिक विद्यालयका एसइइमा सहभागी ४८ जना विद्यार्थीहरूमध्ये साधारण धारका २२ जना इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची र कृषि प्राविधिक धारका २६ जना विद्यार्थीहरूले भने चौतारामा रहेको कृष्ण रत्न गंगा माविमा परीक्षा दिने भएका छन् ।

राजेश्वरी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सेतीदेवी माविका १५ जना, चण्डेश्वरी माविका ३३ जना, कमलादेवी माविका १३, तिनधारा जनता माविका २७ जना, सिपा तीन घरे संस्कृत माविका ३ जना र भीमेश्वरी माविका २० जना गरी १११ जना विद्यार्थीहरू परीक्षामा सहभागी रहेको केन्द्रध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सुदर्शन पराजुलीले जानकारी दिनुभयो।

त्यस्तै ऐसेलुखर्क माध्यमिक विद्यालय केन्द्रमा सिम्पालेश्वरी माध्यमिक विद्यालयका २० जना, महेन्द्र माध्यमिक विद्यालयका ३४ जना, सिंहमती माध्यमिक विद्यालयका २१ जना, नवलपुर माध्यमिक विद्यालयका ३४ जना र राजेश्वरी माध्यमिक विद्यालयका ३८ जना गरी १४७ जना विद्यार्थीहरु सहभागी रहेको केन्द्र अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply