वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि इन्द्रावती ७ मा बृक्ष रोपण कार्यक्रम

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती गउँपालिका ७ सिपापोखरेमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि बृक्ष रोपण कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरण संरक्षणको लागि हरियाली प्रवर्द्वन कार्यक्रम आवस्यक रहेको बताउनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै उहाँले मानवकै कारण वातावरण बिग्रिएर मानव सभ्यतालाई नै मानवलाई असर परेको बताउनुभयो । बिकसित देशले कार्वन उत्सर्जन गरेका कारण हाम्रो जस्तो देशमा असर बढी भएको उहाँको भनाई छ । “हाम्रो देशले बाताबरण संरक्षण गर्दै कार्वन उत्सर्जन गर्ने देशलाई अक्सिजन उत्पादन गरेर बेच्नुपर्छ,”उहाँले भन्नुभयो ।

वातावरण कस्तो बनाउनुपर्छ भनेर सन्देश दिन इन्द्रावतीले बृक्षरोपण गरेको र इन्द्रावती ७ बाट यसको थालनी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथी वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको भिजनलाई सफल बनाउन यस्ता कार्यक्रम गरिएको बताउनुभयो । हरियाली प्रवर्द्वन कार्यक्रम गरेर मात्रै नहुने भन्दै यसको संरक्षण गर्न पनि जरुरी रहेको बताउनुभयो । साथै सबैको सहयोगले मात्रै यस्ता कार्यक्रम सफल हुने उहाँको धारणा थियो ।

कार्यक्रमका सभापती तथा वडा अध्यक्ष रबिन्द्र कुमार खातीले वातावरण बिग्रिएमा मानव चक्रनै बिग्रिने बताउँदै वडा नं ७ बाट शुरू भएको यो अभियान गाउँपालिका भर पुर्याउने योजना रहेको बताउनुभयो ।

औपचारिक कार्यक्रम समापन पश्चात् गाउँपालिका अध्यक्षले बृक्षरोपणको सुरूवात गर्नुभएको थियो । करविर, धुपी, जस्ता बिरूवाहरू सडक पेटी छेउछाउमा लगाइएको वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दिनुभयो ।

वडा कार्यलयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिपापोखरे उपशाखा, राजेश्वरी मा.वि., पाँचपोखरी बहुमुखी क्याम्पस, सिपापोखरे सामुदायिक स्वास्थ्य ईकाई कार्यालय र सिपापोखरे मोर्डन टेक्निकल कलेज वि.पि.एच. विद्यार्थी सर्वेक्षण समूहको सहयोगमा भएको कार्यक्रममा वडाका जनप्रतितनिधीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, प्रहरी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply