अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुपाल्चोकले परीक्षा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित छात्रवृति व्यवस्थापन गरेको छ ।
काठमाडौको पशुपति बहुमुखी क्याम्पसमा एक कार्यक्रमकाबिच अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लाभरबाट अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाण पत्र सहित बधाई तथा सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी सचिव संजीव धितालले विद्यार्थीको उज्वल शैक्षिक भविष्यको कामना गर्दै विद्यार्थीको पक्षमा हमेसा लाग्ने बताउनुभयो । उहाँले विद्यार्थीको हक, हित र शैक्षिक सुधारका लागि अनेरास्ववियु सदैव लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीका संयोजक शितल मोक्तानले विद्यार्थीको हक अधिकार लाई सुनिश्चितता गराउन अनेरास्ववियु सिन्धुपाल्चोकले नयाँ ढंगले आन्दोलन र वैचारिक बहस गर्ने बताउनु भयो । उहाले विद्यार्थीलाई समस्या परेको हरेक स्थानमा अनेरास्ववियु सिन्धुपाल्चोक सतिसाल झैं भएर उभिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटी सचिव संजीव धितालको प्रमुख आथित्यता र जिल्ला कमिटी संयोजक शितल मोक्तानले अध्यक्षतामा सम्पन्न भएको अनेरास्ववियु जिल्ला प्रचार प्रसार विभाग प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश सह– इन्चार्ज सागरहरी अधिकारी, बागमती प्रदेश कमिटीका संयोजक शालिकराम पराजुली लगायत अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा विभिन्न शिक्षक तथा शिक्षा प्रेमी व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।
यस्तै, सोहि कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोक जिल्लाका पाँचलाई सान इन्टरनेशनल कलेजले पूर्ण छात्रवृत्तिमा पठन पाठन गराउने भएको छ ।अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइई परीक्षामा सहभागीहरूलाई सम्बोधन गर्दै सान इन्टरनेशनल कलेज शैक्षिक प्रशासन विभाग प्रमुख विष्णु कुमार पाण्डेले जानकारी दिनुभयो ।
यससँगै कलेजले लिने प्रवेश परीक्षामा प्राप्त नतिजाको आधारमा समेत सिन्धुपाल्चोक जिल्लाबाट एसइई परीक्षा उत्तीर्ण अन्य लाई समेत छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेका अनुसार यसको लागि कलेजसँग निरन्तर सहजीकरण भइरहेको छ ।