रेडियो मिसन, मेलम्ची ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई अस्थाई पुलमा क्षति पु¥याएको छ । गए रातिको बर्षाले मेलम्ची तथा इन्द्रावती दुबै नदिको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले बताउनुभयो ।
फट्टेबाट अब सवारी चल्ने अवस्था नरहेको उहाँले बताउनुभयो । इन्द्रावती नदिमा भने आज नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतबाट बेलिब्रीज उद्घाटन हुँदै छ ।
फट्टेको पुलक्षति हुँदा मेलम्ची नगरपालिका ७ र ८, हेलम्बु गाँउपालिका २ र ३ तथा पाँचपोखरी थाङपाल गाँउपालिका १ र २ का बासिन्दा प्रभावित भएका छन ।