पूर्व मन्त्री बस्नेतद्वारा इन्द्रावती २ को स्वास्थ्य चौकीको भवन शिलान्यास

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन । 

इन्द्रावती गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकीको भवन शिलान्यास भएको छ । नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले भवनको शिलान्यास गर्नुभएको हो ।

३८ लाख ८६ हजार मा बन्न लागेको सो भवन ३ कोठा र एक हल सहित पार्किङको राम्रो व्यवस्था हुने बताइएको छ । असार २१ गते सम्म बनिसक्ने सो भवनको उपभोक्ता समिति मार्फत काम हुन लागेको हो । सो स्वास्थ्य चौकी वडा नं २ को केन्द्र भागमा बन्न लागेको र यसबाट वडावासीलाई धेरै नै राहत हुने वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिनुभयो । “स्वास्थ्य चौकी सेन्टरमा छ, सडककै छेउमा छ, बाटो पिच भएपछि चौतारा चाँडो पुगिन्छ” उहाँले भन्नुभयो । स्तरउन्नति गर्दै जाँदा २४ सै घण्टा चल्ने स्वास्थ्य चौकी बनाउने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । पूर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको पहलमा बजेट विनियोजन भएको गिरिले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मोहन बहादुर बस्नेतले एकै वर्षमा सिन्धुपाल्चोकमा ३९ वटा स्वास्थ्य चौकी भवनको लागि आफू मन्त्री हुँदा बजेट विनियोजन गरेको बताउनुभयो । “यो नेपालकै इतिहास हो”, उहाँले भन्नुभयो । यो भवन चाँडै बनिसक्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद कृष्ण कुमार तामाङ, इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ, शैक्षिक अभियन्ता मोहन गिरि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समाजसेवी तथा नेपाली काँग्रेसका नेता शिव सुनारले गर्नुभएको थियो ।

Leave a Reply