मेलम्ची
स्थानीय स्तरमा मनोरञ्जन क्षेत्र सन्चालन मापदण्ड मस्यौदा सम्बन्धी स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको परामर्श कार्यक्रम मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्चीमा सम्पन्न भएको छ ।
शक्ति समुह द्वारा आयोजित मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको संयुक्त कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले यौन हिंसा पछिल्लो समय बृदि भएको र संवेदनशील भएर सोच्नु पर्ने अवस्था आएको र मेलम्ची नगरपालिका त्यस प्रति गम्भीर भएर लाग्ने बताउनुभयो ।

नगर प्रमुख तामाङले नगरपालिका स्तरमा संचालनमा रहेका मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको र मर्यादित श्रम सम्बन्धी न्युनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका अध्ययन गरेर कार्यन्वयन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले कार्यविधि अध्ययन गरेर स्थानीय लक्षित कार्याविधि रहेको र मनोरञ्जन क्षेत्रमा यौन हिंसा नभाए तापनि अगामी दिर्घकालिन सोचका साथ छलफल गरेर गाउँपालिका अगाडी बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, कार्यपालिका सदस्य, दुबै पालिकाका सुचना अधिकृत, रोजगार शाखा अधिकृत, शिक्षा अधिकृत, स्वास्थ्य शाखा अधिकृत, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, उद्योग वानिज्य महासंघ, सम्बधित सरोकार समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लागयतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा मानव बेचबिखन तथा नियन्त्रण सम्बन्धमा उर्मिला श्रेष्ठ द्वारा प्रस्तुतीकरण दिनु भएको थियो ।