फाइल फोटो

बेलिबृज उद्घाटन पछि मेलम्ची र इन्द्रावती खोलाका सबै ह्युमपाइप हटाइने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्ची खोलामा रहेको अस्थाई पुल हटाउने भएको छ । वर्षाको कारण मेलम्ची तथा इन्द्रावती खोलामा पानीको वहाव बढेकोले अथाई पुल हटाउन लागेको नगरपालिकाले सुचनामार्फत जानकारी गराएको छ । केहि दिन देखिको अविरल वर्षाको कारण मेलम्ची तथा इन्द्रावती खोलामा पानीको वहाव बढेका कारण यहि असार २३ गते फट्टेमा रहेको ह्युमपाईप सँगै मेलम्ची १० र ११ जोड्ने अस्थाई पुले हटाउने मेलम्ची नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।

साथै मेलम्ची १० र ११ जोड्ने स्थानमा बेलिबृज बनिसकेको र २२ गते नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २२ गते बेलिबृज उद्घाटन भए सँगै २३ गते खोला तर्ने अस्थायी संरचना (ह्युमपाइप) हटाउने तयारी नगरपालिकाको रहेको छ ।

१० र ११ जोड्ने स्थानमा बेलिबृजबाट याततायात सञ्चालन हुने भएपनि मेलम्ची नगरपालीकाका दुई तथा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका दुई गरी चार वडाहरु सडक यातायात बिच्छेद हुने भएको छ । हिउँदमा ह्युमपाइप प्रयोग गरी बनाइएको खोला तर्ने संरचना अस्थायी हटाइने भएपछि मेलम्ची नगरपालिका वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीय अब यातायातका साधनबाट अवतजावत गर्ने बाटो बन्द हुने भएको हो ।

Leave a Reply