रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा बेलिब्रिज निर्माण गर्न आउनुभएको नेपाली सेनाको टोलीलाई मेलम्ची नगर उधोग वाणिज्य संघले स्वच्छ खानेपानी तथा सर्वत पानीको ब्यवस्था गर्ने भएको छ । जसका लागी आज १० जार खानेपानी, चिसो तथा ट्याङ जुस हस्तान्तरण गरिएको संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो ।
संघल पुल निर्माण सम्पन्न नहुन्जेल सम्म स्वच्छ खानेपानी तथा सर्वत पानीको ब्यवस्था गर्ने पनि उहाँले बताउनुभयो । पुल हाम्रै लागी बन्न लागेकोले सबैले सक्दो सहयोग गर्नुपर्ने बताउँदै उहाँले बेलिबृज निर्माण गर्नपहल कदमी लिने सम्पूर्णमा धन्यवाद पनि ब्यक्त गर्नुभयो ।
मेलम्ची नदिमा केहि दिन अघि देखि बेलिबृज निर्माणको काम सुरु भएको छ । बोलीबृज निर्माणको जिम्मा नेपाली सेनाले पाएको हो । तीन पालिका मेलम्ची इन्द्रावती र पाँचपोखरीलाई जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।