रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताउनुभएको छ । शुक्रबार राय सुझाभ कार्यक्रममा बोल्दै तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने उहाँको भनाई छ ।
गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गरेका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको थियो ।
नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका नानीराम चौलागाईंले एक वडा एक उद्योग स्थापना गर्ने नीति ल्याउन नगरलाई सुझाव दिनुभयो । चौलागाईले कृषिलाई व्यवसायिकीकरण गर्न एक वडा एक शीत भण्डार व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
निवर्तमान नगरप्रमुख डम्बर बहादुर अर्यालले बस्तीस्तरबाटै योजना तर्जूमाको सुरुवात गर्न सुझाब दिनुभयो । उहाँले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान नपुगेको गुनासो गर्नुभयो ।
बालअधिकारकर्मी डा. कृष्ण सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विकासलाई उत्पादनसँग जोड्नु पर्ने धारणा राख्नुभयो । उहाँले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाएर नागरिकको आम्दानी बढाउने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका अध्यक्ष सिपी दुलालले स्थानीय मदिरालाई वैधानिकता दिई करको दायामा ल्याएर आन्तरिक स्रोत बढाउन सकिने तर्फ सोच बनाउनुपर्ने धारणा राख्नुभयोे ।
कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिंदै नगरप्रमुख आइतमान तामाङले आएका सुझाबलाई प्राथमिकताका आधारमा क्रमसः समावेश गरिंदै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्रयाप्त स्रोतको अभावमा सोच अनुसारको काम गर्न समस्या देखिएको बताउनुभयो । तामाङले दिर्घकालीन योजना बनाएर समृद्ध मेलम्ची निर्माणको दिशामा अघि बढ्ने जानकारी दिनुभयो ।
उहाँले संघीय र प्रदेश सरकारसँगको समन्वयमा योजना तर्जूमा गरि आम नागरिकको भावनालाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले आगामी वर्षको योजना तर्जूमाको चरणमा रहेकाले सरोकारवालाहरुले दिएको सुझाबलाई समेत आधार मानेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कार्यक्रमले समुदायको अपेक्षा अनुरुप नीति र बजेट बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।