पहिरोको जोखिममा रहेका घर निर्माणमा सहयोग गर्ने सांसद तामाङको प्रतिबद्धता

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ ९समीर० ले हेलम्बु गाउँपालिका वडा नम्बर ५ मा गएको पहिरोको अवलोकन तथा निरिक्षण गर्नुभएको छ । हेलम्बु ५ उर्लेनीमा पहिरो जाँदा स्थानिय दिलबहादुर तामाङ र मङलमान तामाङको अहिले उच्च जोखिममा छन् ।

वडा अध्यक्ष दिपकाल्जेन तामाङको अनुरोधमा निरिक्षणका लागी पुग्नुभएका सांसद तामाङले जोखिममा रहेका २ घर स्थानान्तरणको लागी आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोछ । २ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएकाले घर बनाउनका लागी आफुले सहयोग गर्ने तामाङले बताउनुभयो ।

निरिक्षणमा हेलम्बु–५ का वडा अध्यक्ष दिपकाल्जेन तामाङ, नेपाली काङ्ग्रेसका नेताहरु प्रकाश सापकोटा, पुर्णबहादुर तामाङ,राजेन्द्र बिस्ट, मानबहादुर तामाङ ,प्रहरि प्रशासन र स्थानिय बासिहरुको सहभागिता रहेको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । विपद्मा पर्ने समस्या समाधानका लागी आफु सक्रिय भएर लागेको तामाङको भनाई छ ।

Leave a Reply