आगलागी पिडीत किसानलाई सांसद तामाङद्वारा पाडो हस्तान्तरण

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, हेलम्बु ।

गोठमा आगलागी भइ लैनो भैंसी मर्नुका साथै गोठ पुर्ण रुपमा ध्वस्त भएका किसानलाई बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समिरले पाडो हस्तान्तरण गर्नुभएको छ । घटना भएको ३ दिन भित्रमै अमेरिकामा रहनुभयका मेलम्ची निवासी समाजसेवी राम श्रेष्ठले पठाउनुभएको नगद २५ हजारबाट पशु चौपाय क्षती भएकोले चौपाय नै खरिद गरेर दिने वचन अनुसार साम्सद तामाङले आज पाडो हस्तान्तरण गर्नुभएको हो ।

गत बैशाख ३० गते हेलम्बु–५, कल्लेरी निवासि रेक्पा तामाङको गोठ सहित लैनो भैँसी जलेर मरेको थियो ।

आज नेपाली काङ्ग्रेसका नेता प्रकाश सापकोटा, मान बहादुर तामाङ, ने .बि संघ सिन्धुपाल्चोकका जिल्ला सचिव दिपेशराज खनाल र स्थानीय बासिहरुको उपस्तिथिमा पीडितलाई साम्सद तामाङले आज उक्त पाडो हस्तान्तरण गर्नुभएको सांसत तामाङका सचिवालय सदस्य सम्राट रावतले जानकारी दिनुभयो ।

Leave a Reply