रेडियो मिसन, मेलम्ची ।
सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित माननिय कृष्ण कुमार तामाङ (समीर)ले दुवईमा निधन हुनुभएका मेलम्ची –२ निवासी शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवई जानुभएका खतिवडाको गत वर्ष उतै निधन भएको थियो ।

निधन पश्चात् खतिवडाको लास ल्याउनको धेरै खर्च लागेको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले खतिवडाको परिवारजन, स्थानीय समाजसेवीहरुको अनुरोध पछि सांसद तामाङ र नेपाली काङ्ग्रेसका नेता प्रकाश सापकोटाको पहलमा हाल अमेरिकामा रहनुभएका सिन्धुपाल्चोक मेलम्चीका समाजसेवी राम श्रेष्ठ र उहाँकी धर्म पत्नी पार्वती श्रेष्ठबाट प्राप्त नगद १ लाख आज सांसद तामाङले स्थानिय समाजसेवीहरु र विभिन्न राजनीतिक दलका नेताको उपस्थितमा स्व .खतिवडाको घरमा पुगि उहाँको बुवा गुरुदत खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

साथै खतिवडा प्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनप्रती समबेदना प्रकट गर्नुहुदै साम्सद तामाङले आगामी दिनहरुमा पनि केही समस्या आएमा प्रष्टरुपमा आफुलाई भन्न आग्रह गर्नुको गर्नुभयो । जनप्रतिनिधिको हैसियतमा सदैव सेवा र सहयोगमा लागिरहने वचन समेत दिनुभयो ।