जलवाई देवी माबि क्यौरानीमा अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

जलवाइ देवि पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा सांस्कृतिक कार्यक्रम साथै पोषाक एवं शैक्षिक सामग्री वितरण कार्यक्रम मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ । जल वाई देवि माध्यमिक विद्यालय तथा वडा बाल संजालको आयोजना, भुजेल मानवसेवा संस्कृति पुजा केन्द्रका प्रोपाइटर प्रकाश भुजेलको पोषाक ब्यबस्थापन तथा वडा नम्बर ८ को ब्यबस्थापन सहयोगमा भएको कार्यक्रममा २७६ जना बिद्यार्थीहरुलाई पोषाक वितरण गरिएको शिक्षक सुवास गिरिले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षामा परिवर्तन ल्याउनका लागी प्राविधिक धारतर्फ कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागी क्षात्रावृद्धि प्रदान गरेको बताउनुभयो ।

उहाँले शिक्षा ऐनको बारेमा जानकारी गराउदै गुणस्तरीय शिक्षा प्रदानको लागी नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आमाबुबा नभएका तथा आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाइ ब्यक्तिगत रुपमा भएपनि सहयोग गर्ने भन्दै शिक्षाबाट कोहिपनि बञ्चित हुन नहुने बताउनुभयो । उहाँले विद्यालयको शौचालय लगायत विभिन्न संरचना निर्माणका लागि नगरको तर्फबाट १० लाख बजेट विनियोजन गर्ने उद्घोष गर्नुभयो । अक्षय कोषमा के वि एण्ड स्याङ्बो कन्स्ट्रक्सनको तर्फबाट ५१ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभयो ।

उहाँले सहयोग गरिरहदा मेयरशाप जिन्दावादको नारा गुन्जिएको थियो । अक्षयकोष स्थापनाको लागी विद्यालय परिवारलाई धन्यवाद दिदै उहाँले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । निजि बिद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनेगरेको उल्लेख गर्दै तामाङले यो बिषयमा नगरले अध्ययन गरिरहेको बताउनुभयो । नगरप्रमुख तामाङ्ले शिक्षकहरुलाइ राजनीति नगर्न आग्रह गर्दै शिक्षण सिकाइमा जोडदिन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि भुजेल मानवसेवा संस्कृति पुजा केन्द्रका प्रोपाइटर प्रकाश भुजेलले आफ्ना विगतलाइ स्मरण गर्दै विद्यार्थीहरुमा लगनशील भएर पढ्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुमा पढाई प्रति लगनशील बनाउनका लागी पोषाक सहित शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । विद्यालयले स्थापना गरेको अक्षयकोषमा ५० हजार सहयोग गर्दै भुजेलले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष जितबहादुर तामाङ्ले विद्यालय तथा वडाको समग्र विकासको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न कलाकार तथा विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने नगर प्रमुख तामाङ, तान्त्रिक गुरु भुजेल, लगायत विद्यालयको अक्षयको कोषमा सहयोग गर्ने ब्यक्तिहरुलार्इ सम्मान गरिएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनय तामाङको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक सुवास गिरिले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply