ईन्द्रवती गाउँपलिका स्तरीय शिक्षक भलिबलको उपाधी नवलपुर मावीलाई

* # खेलकुद शिक्षा समाचार समाज सिन्धुपाल्चोक

श्री नवलपुर माध्यमिक विद्यालयले इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबलको उपाधी जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा राजेश्वरी मावि लाई पराजित गर्दै प्रतियोगिताको उपाधी जितेकाे हो।

नवलपुर मावीले उपाधी संगै नगद पाँच हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे ५ भने भने क्रमशः दोस्रो हुन सफल राजेश्वरी माविले ३ हजार नगद सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुन सफल ऐसेलुखर्क मावी २ हजार नगदसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे हाे भने सान्त्वना हुन सफल महेन्द्र माविले एक हजार नगदसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएकाे हाे।

पुरस्कार वितरण पछि वडाध्यक्ष क्षेत्र बहादुर तामाङले शिक्षकहरु पठनपाठन मात्रै नभई खेलकुद क्षेत्रमा पनि अब्बल भएको बताउनुभयाे ।आगमी दिनमा पनि यस्तो प्रतियोगिता हरुको आयोजना गर्ने तामाङले बताउनुभयाे । भलिबल प्रतियोगितालाई आगमी दिनमा निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे। शिक्षकको महत्त्व गरिमालाई सबैले बुझ्नुपर्ने वडाध्यक्ष तामाङले बताउनुभयाे। शैक्षिक रुपमा मात्रै नभएर मानसिक र बौद्धिक रुपमा शिक्षकहरु तन्दुरुस्त हुनुपर्ने उदेश्यले पनि प्रतियोगिताको आयोजना गरेको वडाध्यक्ष तामाङले बताउनुभयाे।

यता नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापती जीवन कुमार थापाले भलिबल प्रतियोगितामा शिक्षकहरुको जोश जाँगर देखेर आफुलाई खुशी लागेको बताउनुभयाे। शिक्षकहरुको भलिबल खेलप्रतिको लगाव, जोश, जाँगर देखेर एकदम खुशी लागेकाे उहाँले बताउनुभयाे। शिक्षक समाजको ऐना समेत भएकोले विद्यार्थीहरु पनि अब भलिबल खेलमा आकर्षित बन्ने विश्वास व्यक्त गर्नुभयाे।

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा हिजो विद्यालयको प्राङ्गणमा सुरु भएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी नवलपुर माविका शशिराम बिक घोषित हुनुभयाे भने उत्कृष्ट स्पाइकरको रुपमा नवलपुरकै नवराज भेटुवाल यसै गरि उत्कृष्ट लिफ्टर नवलपुरकै कृष्ण गिरी घोषित हुदा उत्कृष्ट डिफेन्डर नवलपुरकै धर्मकुमार खोखाली घोषित हुनुभयाे भने अनुशासित महिला खेलाडीकाे पुरस्कार ऐसेलुखर्क माविका सुरक्षा खड्काले पाउनुभएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै नवलपुर माध्यमिक विद्यालय व्यावस्थापन समितीका अध्यक्ष शेर बहादुर तामाङले शिक्षकहरुले याे उत्साहले विद्यार्थीमा थप उर्जा थपिने बताउनुभयाे । साथै विद्यालयहरुमा यस्ता प्रतियाेगिताहरु निरन्तर भईरहनुपर्ने उहाँले बताउनुभयाे । खेल सञ्चालनका लागि आर्थीक सहयाेग गरेकाेमा वडा कार्यालयलाई धन्यवाद दिनुभयाे ।

खेलकाे अवधीभर रेफ्री कृष्ण तामाङ र नविन तामाङले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

Leave a Reply