मेलम्ची पानीको रोयल्टीको लागी छिट्टै ऐन बनाएर कार्यन्वयन गर्न सांसद तामाङद्वारा खानेपानी मन्त्रीको ध्यानाकर्षण

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले सिन्धुपाल्चोकले काठमाडौलाई पानी पठाए बापत पाउनुपर्ने रोयल्टी लगायत सेवा सुबिधाको बारेमा छिट्टै ऐन बनाई कर्यान्वायन गर्नुपर्नेमा खानेपानी मन्त्री महिन्द्रा राय यादवको ध्यानाकर्ष गराउनुभएको छ ।


मेलम्ची खानेपानी अयोजनाले आयोजना गरेको परिचययात्मक तथा आयोजनाको बिस्तृत जानकारी लिन आउनुभएका मन्त्री यादवलाई सांसद तामाङले मेलम्चीको पानी बर्षायाममा पानी बन्द गर्नुपर्ने र हिउँदमा मात्र पानी पठाउनुपर्ने अवस्था भएकोले उक्त समस्या समाधानको लागि सरकारले बाह्रै महिना पानी पठाउन विशेष योजना बनाउन मन्त्री यादव समक्ष अनुरोध गर्नुभयो ।
साथै आयोजनाको मुहानहरुमा जाने सडकहरुको अवस्था जिर्ण रहेकाले तत्काल सुधार तथा मर्मत गर्न र बैकल्पिक मार्ग सुन्दरिजल हेलम्बु सडक र मेलम्चि–बरुवा याङ्री सडकको निर्माण कार्यलाई तिब्र गतिमा अघि बढाई छिटो भन्दा छिटो सडकहरुको निर्माण गर्न पनि उहाँले माग गर्नुभयो । यी सडकहरु योजना सङ्ग मात्रै सम्बन्धित नभई यहाँको नागरिकहरुले दैनिक उपभोग गर्ने अत्यावश्यक सडक भएको विशेष ध्यान पुर्याई छिट्टै सम्पन्न गराउन लाग्नुहुन पनि आग्रह गर्नुभयो ।


आयोजनाको स्थलगत अवलोकन गर्दै मन्त्री यादवले आफू भर्खरै मन्त्रालयमा आयककोले योजनाको बिषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नुभएको बताउनुर्भएको छ।

कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागी आवश्यक पर्ने सहयोगमा कुनै कमि नहुने र छिट्टै प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय जनप्रतिनिधिहरु सङ्ग बैठक बसी खानेपानी वोर्ड्को गठनको बिषय टुंग्याउने बताउनुभयो । साथै अबको २ हप्ता भित्रमा समय मिलायर प्रधानमन्त्री पनि हेलम्बु अम्बाथानम भ्रमण हुने बताउनुभयो ।

Leave a Reply