महेन्द्र माध्यमिक विद्यालयको ६५ औं बार्षिकोत्सव सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन ।

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६५ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६४ औं बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै लैजानुपर्ने बताउनुभएको छ । जिल्लामा रहेका सबै विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन विद्यालयमा दक्ष शिक्षकको व्यावस्थापन, कुशल व्यावस्थापन समिति, अनुसासीत विद्यार्थी, जागरूक अभिभावक र संस्कारयुक्त शिक्षा नै महत्वपुर्ण हुने उहाँले बताउनुभयो । गाउँपालिकाले आफ्नो अभिभावकत्व पुरा गर्न पछि नहट्ने शिक्षाको बिकास विना अरू विकासको सम्भावना नरहेको उहाँले बताउनुभएको छ । विद्यालयको भौतिक संरचना पुर्ण रूपमा सम्पन्न भईसकेकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बताउनुभएको छ । महेन्द्र मावीको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारमा अपेक्षित उपलब्धि हासिल हुन अझै धेरै मेहेनतको आवश्यकता रहेको बताउनुभयो । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने दुलालको भनाई छ । बालबालिकामा गरेको शैक्षिक लगानिले भोलि देश, समुदाय र परिवार नै समुन्नत हुने दुलालले बताउनुभयो । विद्यालयमा रहेको शैक्षिक तथा भौतिक अभाव पूर्तिका लागि पालिकाले सहजिकरण गर्दै जाने दुलालले प्रतिवद्वता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक बद्री बहादुर तामाङले विद्यालय प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अक्षयकोषबाट छात्रवृत्ति वितरण गरीएको थियो । विद्यालयले उत्कृष्ठ शिक्षक तथा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापा, निर्वातिच वडा सदस्यहरु, पुर्व जनप्रतिनिधिहर लगाएत समाजसेवि तथा राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सञ्जुमाँया तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply