धर्म गुरु प्रकाश भुजेलद्वारा लाभगाउँका बिद्यार्थीहरुलाई शैक्षिक समाग्रीका प्याकेज बितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, लाभगाउँ ।

धर्म गुरु प्रकाश भुजेलले मेलम्ची नगरपालिका ८ लाभगाउँमा रहेको लाभगाउँ आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक समाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । नेपाली काँग्रेस मेलम्ची नगरपालिका वडा नम्बर ८ का उप सभापति अरुण तामाङको समन्वयमा मानव सेवा संस्कृति पुजा केन्द्रकोका सञ्चालक तथा समाजसेवी समेत रहनुभएका भुजेलले बिद्यार्थीहरुका लागी आवश्यक ट्र्याकसुट, भोला, लगायत सम्पूण स्टेसनरी समान सहित खेलकुदका समाग्रीहरु बितरण गरिएको हो ।
बिद्यालयका ४६ जना बिद्यार्थीहरुलाई उक्त समाग्री हस्तान्तरण गरिएको संयोजक लामाले जानकारी दिनुभयो ।

साथै वडामै रहेको जलबाइ देबी माध्यामिक बिद्यालयको लागी पनि खेलकुद समाग्री आजै प्रदान गरिएको र त्यहाँ पनि निकट भबिष्यमै आज जस्तै सहयोगको प्याकेज लिएर आउने प्रतिबद्धता जनाउनुभयो । आफूले कखर सिकेको बिद्यालयमा यसरी सहयोगको प्याकेजको लागी सहजिकरण गर्न पाएकोमा खुशी लागेको पनि लामाले बाउनुभयो । बिद्यालयको लागी भबिष्यमा पनि यस्ता सहयोगहरुको अपेक्षा सहित बिद्यायल ब्यवस्थापन समिती अध्यक्ष टिका दोङले सहयोगी हातहरुप्रति आभार ब्यक्त गर्नुभयो ।


धर्म गुरु भुजेलले आफ्नो बिगत सम्झँदै आफूले चाहेजती पढ्न नपाए पनि अबका पुस्ता शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै यस्ता सहयोगहरु गर्दै आएको बताउनुभयो । यस अधि पनि जिल्लाका बिभिन्न स्थानहरुमा यस्ता सहयोगहरु गर्दै आएको र यो आफ्नो पहिलो कदम मात्रै रहेको बताउँदै भुजेलले यो कदम अझै अघि बढाउने र सकेसम्म नरोकीने बताउनुभयो ।

उहाँले शिक्षा स्वास्थ्य र खेलकुदमा बिशेष प्राथमिकतामा राखेर सहयोगर्दै आएको र आफ्नो केन्द्रमा उपचारका लागी आइपुगेका निम्न बर्गका ब्यक्ति तथा असाहयहरुको लागी निशुल्क रुपमा उपचार गरेर पठाएको समेत बताउनुभयो ।

तरुण दलका जिल्ला सदस्य सिता भट्टराईले ग्रामीण भेगका बालबालिकाको शिक्षाको लागी सहयोग गर्न पाउँदा खुशी लागैको बताउनुभयो ।


कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष टिका दोङ बिद्यालयका शिक्षकहरु बिद्यार्थी अबिभावक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply