रबिन दनुवार, ज्यामिरेमाने ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ८ ज्यामिरेमानेका किसानले वडाको ५० प्रतिशत अनुदानमा १० वटा कम्बाइन मिल र १४ वटा मिनिटिलर पाएका छन् । इन्द्रावती गाउँपलिका वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले सो उपकरण हस्तान्तरण गर्नुभएको हो ।
कृषि क्षेत्रलाई व्यवसायीकरण र आत्मनिर्भर बनाउने उद्देश्यका साथ उपकरण हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सो उपकरणले किसानहरुलाई कृषि उत्पादन र पशुपालनमा सहज हुने उहाले बताउनुभयो । वडाले कृषि उत्पादनलाई ध्यानमा राखि केही समय अगाडि वडाको ५० प्रतिशत अनुदानमा (सिएपि) जातको मकैको बीउ समेत वितरण गरेको उहाले जानकारी दिनुभयो ।