लाँगर्चे मा.वि.को ६५ औं वार्षिकोत्सब सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

लाँगर्चे माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका -८ को ६५औं वार्षिकोत्सव , अभिभावक दिवस तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा सम्बोधन  गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षकलाई सदैव सम्मान गर्ने बताउँदै भएका कमिकमजोरीलालाई सुधार्दै उत्कृष्ट नतिजा ल्याउन सकेमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले यहाँको आग्रह अनुसार घेराबारको निम्ति सहयोग गरेको बताउँदै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट मात्र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त हुने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनपनि सहयोगको अपेक्षा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक राममणी धितालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।पुर्वाधार र प्राबिधिक तथा  शैक्षिक सामग्री, शिक्षक लगायत अभाव रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी, अतिरिक्त क्रियाकलापका बिजेता, सहयोगी  लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख कमला खनालले सामुदायिक विद्यालयमा पढेका यस भेगका धेरै माथि पनि पुगेको बताउँदै विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो ।

 हेल्पका अध्यक्ष जिमी लामाले विद्यालय भवन,पुर्वाधार भन्दा पहिला गुणस्तरीय शिक्षामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।  
कार्यक्रमैको अवसरमा विष्णुप्रसाद धितालले आफ्ना स्वर्गीय माता पिता डण्डापानी-सरस्वताको नाममा १ लाख ११ हजार १ सय ११ त्यस्तै पुष्पराज धिताललले पनि पिता  रामप्रसाद र माता मिठुदेवीको नाममा १लाख १ हजार १ सय ११ को अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो उहाँले बार्षिक थप १२०० रुपैयाँ थप गर्दै जाने बताउनुभयो ।त्यस्तै शिक्षक ज्ञानु देउजाले मन्दिरको गजुर समेत सहयोग गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु भुवन खनाल, धुर्ब खड्का, सुमित्रा सत्याल, संगीता सुनार र बिद्यार्थीले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रम  वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply