रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा रहेको ईन्द्रावति बहुमुखि क्याम्पसको पाँचौं क्याम्पस सभा तथा अधिवेशन मेलम्चीमा सुरू भएको छ । मेलम्चीमा रहेको एकमात्र क्याम्पसमा अधिवेशन सुरू भएको हो ।
आज कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आईतमान तामाङले मेलम्ची नगरपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले लगानि गर्ने बताउनुभएको छ । क्यामपसको शंरक्षणमा स्थानिय सरकारले हेर्न नमिल्ने व्यावस्था भएकाले कानुन संसोधन वा बैधानिक बाटोबाट आगामि आर्थिक बर्षमा बजेट व्यावस्थापनमा सहयोग गर्नेे बताउनुभएको छ । क्याम्पस ऋणमा चल्नु राम्रो कुरा नभएकाले कर्मचारिको तलब सुविधा लगाएत अन्य समस्या समाधानमा नगरपालिकाले सहयोग गर्ने प्रमुख अतिथि तामाङले बताउनुभयो । ईन्द्रावति मात्र नभई पालिकामा रहेका दुवै क्याम्पसको संरक्षणमा नगर र अन्य निकायबाट पहल गर्ने तामाङले बताउनुभएको छ ।
क्याम्पसको नयाँ समितिले नयाँ तरिकाले विद्यार्थीको माग र क्याम्पसको आवश्यकतालाई सहजिकरण गर्नुपर्ने प्रमुख अतिथि तामाङले बताउनुभएको छ । साथै मेलम्ची नगरपालिकाले शिक्षा ऐनमा संसोधन गरि शैक्षिक सुधारको प्रयास गरिरहेको उहाँले बताउनुभएको छ । शिक्षामा राजनिति नभई गुणस्तरमा प्रतिस्पर्धा गर्नु आजको आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
कार्यक्रममा उपप्रमुख उमा प्रधान, २ नम्बरका वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, ९ नम्बरका वडा अध्यक्ष किरणदिप खड्का, ११ नम्बरका वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ लगाएत शिक्षाप्रेमि व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम क्याम्पस सञ्चालन समितिका अध्यक्ष धर्मकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।