नेपाल विद्यालय कर्मचारी परिषद ,मेलम्ची नगर कार्यसमिति मेलम्चीको नगर भेलाबाट रमिला घोरासैनीको अध्यक्षतामा१५ सदस्यीय नगर समिति चयन भएको छ ।
आज इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा भएको भेलाबाट उपाध्यक्षमा सबिता लम्साल दुलाल, सचिव श्यामप्रसाद सञ्जेल, कोषध्यक्ष सविता सापकोटा(पाख्रीन), सदस्यहरुमा सिता खतिवडा, नवराज बजगाँई, हिरा कुमारी पण्डित, सविना तामाङ, नरेन्द्रप्रसाद जोशी, खगेन्द्र खतिवडा, धनमाया देउजा, सोम बहादुर घले, दुर्गा पुरी “गिरी”, रमा दाहाल, शर्मिला भुजेल चयन हुनु भएको छ ।
त्यस्तै मेलम्ची नगरपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र समेत बुझाइने जिल्ला अध्यक्ष मनोरथ दुलालले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद सिन्धुपाल्चोकका अध्यक्ष दुलालले बिगत २०६१/६२ देखि नै विद्यालय कर्मचारीको हक हितका निमित्त अहोरात्र संघर्षरत रहदैँ आएको बताउँदै आजका दिनसम्म कठिनाइको घडी पार गर्दै संघीय शिक्षा ऐनमा समय सापेक्ष सम्बोधन हुनु पर्नेमा जोड दिनुभयो । देशभरमा २९ हजार ३५ सामुदायिक विद्यालयमा ४० हजार विद्यालय कर्मचारी सेवारत रहेको बताउँदै आफ्नो माग पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि परिषदका हेलम्बु अध्यक्ष धर्मराज लामिछाने तथा एकीकृत नेपाल शिक्षक संगठन मेलम्ची नगर समिती अध्यक्ष यादव दुलालले शुभकामना ब्यक्त गर्दै विद्यालय कर्मचारीको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
मेलम्ची नगरपालिकामा राखिने मागहरुमा विद्यालय सहयोगी कर्मचारीका लागी रु.२६.९०२ ( मंहगीभत्ता रु २०००), स्थानीय शिक्षा ऐन संशोधन गरी कार्यान्वयन गरिनुपर्ने व्यवस्था आफ्नो स्थानीय तहमा रहेका सम्पुर्ण सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी दरबन्दी शिक्षा युवा तथा खेलकुद शाखा मेलम्ची नगरपालिका मार्फत नेपाल सरकार समक्ष माग गरि दिन, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुका लागी अवकास हुन बाध्य पारेका विद्यालयमा संघिय शिक्षा ऐन जारी नहुदाँसम्म उक्त कार्यको रोक ÷ समाधान गरिदिन , अवकासित विद्यालय कर्मचारीहरुलाई एकमुष्ट अनुदान उपलब्ध गराउने व्यवस्था मिलाई दिन,विद्यालयमा कार्यरत कर्मचारीहरुलाई आवश्यकिय तालिम प्रदान गरिदिन शैक्षिक अवलोकन भ्रमणमा विद्यालय कर्मचारी परिषदको सहभागिता गराईने व्यवस्था गरिदिन , हातमा साँचो बोकी अहोरात्र बिहान देखि बेलुकासम्म समय खर्च गर्ने कर्मचारीलाई दोस्रो दर्जाको जस्तो व्यबहार गर्ने क्रम कतिपय विद्यालयहरुमा जारी रहेको सन्दर्भ रिपोर्टिङमा आएको हुँदा प्र.अ बैठीक मार्फत सो सम्प्रेषण गरी नियम अनुसार निर्देशन जारी गरी दिन, नगर शिक्षा समितिको बैंठक हुँदा नेपाल विद्यालय कर्मचारी परिषदको नगर अध्यक्षलाई आमन्त्रित रुपमा आन्त्रित गरि दिन माग गरिएको छ ।