रेडियो मिसन, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिता मेलम्चीमा सुरु भएको छ । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले आज उद्वाटन गर्नुभएको हो । स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा जुगल योङ हार्ट बिजयी भएको छ । योङ हार्टले आयोजक मेलम्ची युवा क्लबलाई पराजित गरेको हो । आज भएका अन्य खेलहरुमा हेलम्बु गाउँ पालिका र पाँच पोखरी थाङ्पाल गाउँपालिका बिजयी भएका छन् । उनिहले क्रमशःतेर्से माबी र इन्द्रावती ५ लाई पराजित गरेका हुन् । आजको अन्तिम खेलमा श्रीजनसिल युवा क्लब दुवाचौर छाप र बनकाली युवा समाज जुगल ६ बिच खेल भने पुरा हुन सकेन । बेष्ट अफ ३ मा खेलाइएको खेलमा २ सेट खेलेपछि मधुरो प्रकाशका कारण स्थगित भएको र बाँकी खेल भोली हुने आयोजकले जनाएको छ । खेलमा दुबै टोलीले एक एक सेट हात पारेको छ ।
प्रतियोगिताका लागी जिल्लाका १४ टोलीको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितको फाइनल खेल यहि २८ गते बिहिवार हुने आयोजकले जनाएको छ ।