सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गरिनेछ : मेलम्ची नगरप्रमुख तामाङ

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाले सबै खेलहरु नगर स्तरिय खेलकुद समिति बनाएर गर्ने भएको छ । आगामी वर्ष देखी नगर स्तरिय खेलकुद समिति बनाएर सबै प्रकारका खेलहरू गर्ने नगरप्रमुख आइतमान तामाङले बताउनुभएको छ ।

आज मेलम्चीमा जिल्ला व्यापी पुरूष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले छिटै नै अन्तरपालिका स्तरिय भलिवल हुने पनि बताउनुभएको छ । साथै खेल क्षेत्रको बिकासमा सहयोग गर्न नगरपालिका सँदैब तयार रहेको उहाँको भनाई छ ।

मेलम्चीलाई ५ बर्षमा मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन लागीपरेको र संघ तथा प्रदेश संग सहकार्य गरि मेलम्ची पुननिर्माण गर्न मेलम्ची तयार रहनुका साथै पर्यटन प्रवर्द्वन गर्न र आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको नगरप्रमुख तामाङले बताउनुभयो ।

खेलकुद संगै स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पनि बिकास गर्न आवश्यक रहेको बताउँदै उहाँले शौहार्दतापुर्वक खेल खेल्नु सहभागीहरुलाई शुभकामना पनि ब्यक्त गर्नुभएको छ ।

स्वास्थ्य र आन्तरिक पर्यटन प्रवर्द्वनका लागि खेलकुद भन्ने मुल नारा सहित मेलम्ची पुनर्निर्माण तथा संरक्षण समिती र मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा अहिले जुगल योङ हर्ट युवा क्लव र आयोजक मेलम्ची युवा क्लव बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताका लागी जिल्लाका १४ टोलीको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख र ७५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितको फाइनल खेल यहि २८ गते बिहिवार हुने आयोजकले जनाएको छ ।

Leave a Reply