नेपाल शिक्षक संघद्वारा आयोजित रक्तदानमा ४६ जनाले गरे रक्तदान

* # समाचार समाज सिन्धुपाल्चोक

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी , भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।

शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागीता जनाएको नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो ।

नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक शिंखडाको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो । कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको थियो ।

Leave a Reply