बाढीग्रस्त मेलम्चीलाई खेलकुदको माध्यम बाट उठाउने लक्ष्य छ : अभियन्ता श्रेष्ठ

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन, मेलम्ची ।
जिल्ला ब्यापी भलिवल प्रतियोगिताको पुर्वसन्ध्यामा भेटघाट तथा छलफल कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

बाढी ग्रस्त क्षेत्रलाई खेलकुदको माध्यम बाट उठाउने उद्देश्यले मेलम्चीमा जिल्लाकै सर्वाधिक पुरष्कार राशीको प्रतियोगिता आयोजना हुन लागेको अभियान्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । साथै मेलम्ची अब उठ्न ५० बर्ष लाग्छ भन्नेलाई मेलम्ची उठ्यो भन्ने सन्देश खेलबाट दिइने श्रेष्ठको भनाई छ ।

भोली सोमबारबाट २८ गते बिहिबार सम्म सञ्चालन हुने उक्त प्रतियोगिता उपलब्धीमुलक बनाउने, सुरक्षित कसरी बनाउने, विवाद रहित कसरी बनाउने भनेर छलफल कार्यक्रम आयोजना गरिएको अभियन्ता सागर कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको लागी बाहिरबाट लाइसेन्स प्राप्त रेफ्री आउने र कार्यक्रममा जोडिएर सबैजनाले साथ दिन आभियान्ता श्रेष्ठले सबैमा अनुरोध पनि गर्नुभएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्वनको लागि खेलकुद भन्ने नारा सहित मेलम्ची युवा क्लव र मेलम्ची पुन निर्माण तथा संरक्षण समितिको आयोजनामा खेल हुन लागेको मेलम्ची युवा क्लवका अध्यक्ष महावीर श्रेष्ठले जानकारी दिनुभयो ।

भलिवल प्रतियोगिताले पर्यटन प्रवर्द्वनमा टेवा पुग्ने, पुननिर्माणको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउने र मेलम्ची सँगै जिल्लामा रहेका अन्य पर्यटकिय क्षेत्रको समेत भ्रमण गर्न आम समुदायलाई प्रेरित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

खेल अनुसासित तवरले हुने र सुरक्षा तथा समन्वयमा कमी हुन नदिने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख नवराज सापकोटाले प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा सुरक्षाकर्मी, सामाजिक अभियन्ता, ब्यवसायी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

Leave a Reply