हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप हेल्प द्वारा ३३५ विद्यार्थीलाई रातो झोला बितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
हेलम्बु एजुकेशन एण्ड लाइभली हुड पार्टनरसिप (हेल्प) द्वारा ३३५ विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरिएको छ । शैक्षिक सत्रको सुरुवात सँगै सोमबार मेलम्ची नगरालिकाको वडा ११ को डडुवा आधारभुत विद्यालयका ८५ र पाँचपोखरी थाङ्पाल गाउँपालिका १ बाँसखर्कमा रहेको भिम बिद्या श्रम माध्यामिक बिद्यालयका २५० बिद्याथीहरुलाई स्कुल इन अ ब्यागको रातो झोला सहित बिभिन्न शैक्षिक सामाग्री बितरण गरिएको हो।

त्यस्तै मेलम्ची ६ मा रहेको पञ्चकन्या आधारभुत विद्यालयका ४० विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको संस्थाका साथी शिक्षक कार्यक्रमका संयोजक रञ्जना गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्बन्धित बिद्यालयका प्रधानाध्यापक, शिक्षक वडाका वडाध्यक्ष साथै हेल्पका कार्यकारी अध्यक्ष जिमी लामाको उपस्थितीमा बिद्यार्थीहरुलाई झोला, ट्र्याक सुट लगायत शैक्षिक सामाग्री बितरण गरिएको हो ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको हेल्पले बेला बेलामा बिभिन्न बिद्यालयहरुमा यस्ता शैक्षिक सामाग्रीहरु बितरण गर्दै आएको छ ।

Leave a Reply