नवलपुर ।
इन्द्रावती गाउँपालिकामा सशुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पुर्व मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बिजया दशमी, शुभ दिपावली, नेपाल संवत्, छठ, ल्होसार लगायतको चाडपर्वको अवसरमा गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले हाम्रा साँस्कृतिक चाडपर्वले सत्कर्मको बाटोमा लाग्ने प्रेरणा मिल्ने बताउनुभयो । साथै आफुले रचनात्मक आलोचनाको सधै स्वागत गर्ने समेत बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा नेकपा एमालेका नेता शेर बहादुर तामाङले हामी बिचमा भएका तिक्तताको अन्त्य गर्न र हार्दिकता कायम गर्न यस्ता चाडपर्वको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । “हामीले बर्षभरि कुवचन लगाएकाछौँ होला, अब सत्वचन लगाउने बुद्दि पलाओस,”विजया दशमीको शुभकामना दिँदै तामाङले भन्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बिष्णु बिक्रम थापाले जनतालाई अधिक रूपमा सेवा दिने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । “यस चाडपर्वले सोच बिचारमा परिवर्तन आवोस सुभकामना छ,” उहाँले भन्नुभयो ।

हामीले तितामिठा कुराहरूलाई बिर्शिएर जानुपर्ने गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले बताउनुभयो । विभिन्न राजनितिक दलहरूले शुभकामना आदानप्रदान गर्ने हिसावले कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।
