जेठ मसान्तभित्रै मेलम्चीमा पुल बन्छ ढुक्क हुनुस् : सांसद बस्नेत

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन, मेलम्ची ।
प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले जेठ मसान्त भित्रै मेलम्चीमा पुल (बेलिबृज) बन्ने बताउनुभएको छ ।

पहिलाको टेण्डर अनुसार काम हुन पाएको भए फागुन मसान्त भित्रै पुल बनिसक्ने बताउँदै उहाँले पहिला भएको उक्त टेण्डर एमाले नेता शेर बहादुर तामाङले रोकेको आरोप लगाउनुभयो ।

नगरअस्पताल मेलम्चीलाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब केही दिनमै टेन्डर हुने र भनेको समय अर्थात जेठ मसान्त भित्रै पुल बन्ने बताउँदै ढुक्क हुन सबैमा आग्रह गर्नुभयो ।

Leave a Reply