मेलम्ची नगर अस्पताललाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगर अस्पताल मेलम्चीलाई आज एक थान अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का संसद मोहन बहादुर बस्नेतको उपस्थितीमा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अस्पतालको भौतिक अवस्था जिर्ण रहेको जानकारी गराउँदै प्रदेश र संघिय सरकारलाई अस्पतालको भौतिक संरचनाको संरक्षणका लागी अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा छापभञ्ज्याई फट्केश्वर सडक, मेलम्ची हेलम्बु सडक, लगायतका सडक कालोपत्रे गर्नुका साथै मेलम्ची क्षेत्र समृद्व बनाउन लागि पर्ने बताउनुभयो । बाढीग्रस्त मेलम्ची क्षेत्रमा भौतिक संरचना देखि सबै क्षेत्र प्रभावित रहेको र उक्त क्षेत्रको उत्थान गर्न नगरले काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले मेलम्ची नगर अस्पतालमा सल्यक्रिया सहितको प्रसुती सेवा सुरू गरिएको जानकारी दिनुभयो । अस्पताल मेलम्ची क्षेत्रकै केन्द्रमा रहेकोले बिरामीको चाप बढी हुने तर जनशक्तिको भने अभाव रहेको बताउनुभयो । यस अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउनको लागि प्रदेशमा सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख आइतमान तामाङलाई सांसद बस्नेतले ब्लुबुक र बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । साथै आर्थीक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङले उपमेयर उमा प्रधानलाई बागमती प्रदेशको पत्र पनि हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेत, बागमती प्रदेशका सरकारका आर्थीक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङ, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा र प्रदेश सांसद कृष्ण कुमार तामाङ लगायतका बिशिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply