मेलम्चीमा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरू

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

राष्ट्रिय खुल्ला कराँते प्रतियाेगिता २०८१, समुदघाटन भएकाे छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रतियाेगिताकाे उद्घाटन गर्नुभयाे । नेपाल गोजु–रियो कराँते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता शुरू गरिएकाे हाे ।

प्रतियोगिता माघ ४ र ५ गते हुनेछ । खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएकाे प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले जानकारी दिनुभयो ।

कराँते खेललाई मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लामा विकास र विस्तार गर्ने, खेलकुदको क्षेत्रबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, मेलम्ची नगरपालिका र सिन्धुपाल्चोक जिल्लाबाट कराँते खेलाडीहरू उत्पादन गर्ने र खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

नेपाल गोजु–रियो कराँते–दो सघं शाखा डोजो मेलम्चीले मेलम्ची नगरपालिकामा मेयर कप कराँते प्रतियोगिता सम्पन्न गर्नुका साथै राष्ट्रिय स्तरीय कराँते प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । मेलम्ची नगरपालिकाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराई पदक प्राप्त गर्नुका साथै मेलम्ची नगरपालिकाभित्रका ३ स्थानमा नियमित रूपमा हाल कराँते प्रशिक्षण भइरहेको नेपाल गोजुरियो कराँते संघ बालसुधार डोजोका प्रशिक्षक विजय तामाङले जानकारी दिए ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट (पुरुष) १४० (महिला) १३० गरि २७० जना खेलाडीहरु सहभागी छन । खेलमा ४० इभेन्टमा १६० पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन मेलम्चीकाे खेलकुद बिकासकाे लागी आवस्यक सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे । कराँते राष्ट्रलाई चिनाउने खेल भएकाे भन्दै यसलाई केही सुधार गरेर जानुपर्ने उहाँले धारणा राख्नुभयाे । आफ्नाे पहिचान भनेकै खेलकुद भएकाे भन्दै मन्त्री महर्जनले आगामी आर्थीक बर्षमा बजेट बनाएर नमुना काम गर्ने जानकारी दिनुभयाे ।

कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमख आइतमान तामाङले खेलकदमा नगरपालिकाले उल्लेख्य काम गरेकाे बताउनुभयाे । यश प्रतियाेगिता बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने तामाङले विश्वास व्यक्त गर्नुभयाे ।

शुभकामना मन्तव्य राख्दै पाँचपाेखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रम सफलताकाे शुभकामना दिनुभयाे ।

Leave a Reply