मेलम्ची बजारमा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउने पहलमा मेलम्ची युवा समूह सक्रिय

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । लामो समयदेखि मेलम्ची बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका प्रयोगविहीन बत्तीका पोल र अव्यवस्थित तारहरू स्थानीय बासिन्दाका लागि सौन्दर्य र सुरक्षा दुवै दृष्टिले समस्या बनेका छन्।

पटक–पटक स्थानीय स्तरबाट माग उठाइए पनि प्रभावकारी पहल नदेखिएपछि, आज मेलम्ची युवा समूहले नेपाल विद्युत प्राधिकरण, हेलम्बु–मेलम्ची वितरण केन्द्रमा औपचारिक ध्यानाकर्षण गराएको छ। समूहका प्रतिनिधिहरूका अनुसार प्राधिकरणले समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएको छ।

स्थानिय समुदायले यस कदमलाई समूहको निरन्तर सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धताको रूपमा लिएको छ। युवाहरूको यस सक्रिय भूमिकाले मेलम्ची बजारलाई थप सुरक्षित, आकर्षक र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेलम्ची युवा समूहले यसअघि पनि सरसफाइ अभियान, वृक्षारोपण र सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Leave a Reply