निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार छु : प्रदेश सांसद तामाङ

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफूले निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न सदैब तयार रहेको बताउनुभएको छ । आज मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा उहाँले गुम्बा भवन तथा मुर्ती निर्माण गर्न सांसदले पाउने सुबिधा बापत एक महिनाको भत्ता ५२ हजार ५२ चाडै उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उक्त सहयोग नेपाली काङ्ग्रेस पार्टिको तर्फबाट सहयोग रहने पनि बताउनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै सांसद तामाङले मेलम्चीको विकास निर्माण, गुणस्तरीय शिक्षा, कृषिको क्षेत्रमा आफुले निर्बाचनमा गरेका प्रतिबद्धता पुरा गर्न आफू सदैब तयार रहेको उहाँले बताउनुभयो । बिबिधताले भरिएको देश नेपालमा सबै जातजाती तथा धर्म संस्कृती सरक्षण गर्न आफू र प्रदेश सरकार लाग्ने बताउनुभएको छ ।

उहाँले यो सहयोग नेपाली काङ्ग्रेस पार्टिको तर्फबाट सहयोग रहने बताउदै उहाँले मेलम्ची १२ मा सडक, शिक्षा, कृषि तथा स्वास्थ्यको क्षेत्रमा उहाँले प्रमुख अतिथी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको ध्यानाकर्षण गराउदै आफुले सदनमा जोडतोडले आवाज उठाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply