रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाले कृषकहरूलाई ३५ वटा मिनिटिलर बितरण गरेको छ । आज एक कार्यक्रमका विच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गर्नुभएको हो । कृषि यान्त्रिकरण कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको नगरपालिकाले जनाएको छ । कृषकहरूको मागको आधारमा सो कृषि सामाग्री वितरण गरिएको हो ।
आर्थिक बर्ष २०७९/८० को स्वीकृत कृषि बिकास कार्यक्रम अन्तर्गत सो मिनिटिलर बितरण गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
मिनिटिलर वितरण गर्दै नगरपालिका प्रमुख तामाङले किसानलाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर मिनिटिलर बितरण गरिएको जानकारी दिनुभयो । ूहिजोको दिनमा गोरूले जोत्नपर्ने अवस्था थियो । अब सहज हुने छू, उहाँले भन्नुभयो । यश कार्यक्रम प्रभावकारी भएमा अर्को साल पनि वितरण गर्ने उहाँको भनाई छ ।
३५ वटा मिनिटिलर मध्ये आज मेलम्चीमा नगरप्रमुख तामाङको सभापतीत्वमा २५ वटा वितरण गरिएको हो । बितरण गर्ने । बाँकी १० मिनिटिलर भोटेचौर क्षेत्रमा वितरण गरिने बताइएको छ । नगरले यस अघि पनि बिभिन्न वडाहरुमा यस्ता कृषि सामाग्रीहरु बितरण गर्दै आएको छ ।