रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाँडाँडा नजिकै आत्महत्या गरेका मेलम्ची नगरपालिका वडा नम्बर ११ का गुरुप्रसाद दुलाल नारायणको छोरालाई मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलले नर्सरी देखि कक्षा १० सम्म निशुल्क पढाउने भएको छ ।
बिहिबार मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्गलिस स्कूलका फाउन्डर प्रिन्सिपल दिनेश बस्नेतले स्वर्गीय दुलालका परिवारलाई भेटेर कक्षा नर्सरीमा अध्यनरत उहाँका छोरा स्वीट दुलाललाई कक्षा १० सम्म निशुल्क पढाउने प्रतिबद्धता जनाउनुभयो ।
साथै शिक्षकहरुबाट सहयोग रकम संकलन गरिरहेको र केहि समयमा सहयोग हस्तान्तरण गर्ने शिक्षक वेदलाल दुलालले बताउनुभयो । उहाँको परिवारलाई बिभिन्न व्यक्ति तथा संस्थाले केहि सहयोग समेत गर्न सुरु गरेका छन ।