लोकल ब्राण्ड बनेको पाँचपोखरीको आलुको उत्पादन बढ्यो

# जीवन शैली पालीका खबर समाचार सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची

हरेक ठाँउ एक न एक कुराले परीचीत हुन्छ । त्यस्तै मध्येको एक पहीचान बोकेको छ पाँचपोखरी थाङपाल गाँउपालीकाले । पाँचपोखरी थाङ्पाल गाँउपालीकामा स्थानीय जातको आलु खेती हुंदै आएको छ ।

गाउँपालिकामा यसबर्ष विगतको भन्दा ५ गुणाले आलुको उत्पादन बढेको छ । यस वर्ष समयमै मनसुन शुरु भएको हुँदा पहिलेको भन्दा करिव ५ गुणाले स्थानीय आलुको उत्पादन बढेको अनुमान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय आलु उत्पादनलाई प्रोत्साहनका लागि आर्थिक तथा प्राबिधिक तवरले सक्दो सहयोग गरेको कुषि शाखा प्रमुख गिरीले बताउनुभयो । गाउँपालिकाको सहयोगले पनि आलु खेति गर्न प्रोत्साहन मिलेको गुन्साका आलु उत्पादक किसान पाषाङ लामाले बताउनुभयो ।

उहाँले पहिला आलुमा के रोग लागेको थाहा नहुने तर अहिले सामान्य समस्या हुँदा समेत प्राविधिक सल्लाह पाइने भएकाले गर्दा अझै खेति गर्न हौषला मिलेको उहाँको भनाई छ । ३५ रोपनी जमिनमा खेती गरेका लामाले १० हजार देखि १५ हजार किलो सम्म आलु उत्पादन हुने अनुमान गरेको बताउनुभयो ।


प्रदेशले दिने कृषि अनुदान जसले कृषि गर्दैनन् उनिहरुले पाएको र कागजमा खेती गरेकोको आधारमा अनुदान बितरण गरेको भन्दै प्रदेश सरकारको अनुदान वितरण प्रक्रियाप्रति समेत लामाले असन्तुष्टि जनाउनुभयो ।

Leave a Reply