रेडियो मिसन, नवलपुर ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल इन्द्रावती गाउपालिका कमिटीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा हेमन्त तामाङको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पम्फा राना मगर, सचिवमा मुक्ति लामा, सहसचिवमा सरोज माझी र कोषाध्यक्षमा लाक्पा तामाङ चयन हुनुभएको छ ।
कमिटी सदस्यहरु जित बहादुर तामाङ, चरिमाया माझी, केदार आले मगर, विचारी तामाङ, सोम बहादुर तामाङ, ज्ञान बहादुर तामाङ, सुक बहादुर तामाङ, विक्तम तामाङ, बाटुले माझी, कृष्ण दास श्रेष्ठ, सबिन तामाङ, सोनाम लामा, मिलन तामाङ, शेर बहादुर तामाङ, मोहन लाल श्रेष्ठ, बिनोद तामाङ, सञ्च बहादुर तामाङ, विराज तामाङ र भुपेन्द्र तामाङ सहित २५ सदस्यीय समिति गठन भएको नेकपा एमाले इन्द्रावती गाउपालिका अध्यक्ष शशि नाथ आचार्यले बताउनुभयो ।
भेलाले अखिल नेपाल महिला संघ र नेपाल उत्पिडित मुक्ति समाज पनि गठन गरेको छ । अनेमा संघको अध्यक्षमा अम्बिका आचार्य, उपाध्यक्षमा सीता पोखरेल, सचिव रेणुका अधिकारी र सहसचिवमा लक्ष्मी दंगाल सहित १९ सदस्यीय कमिटी गठन भएको छ । संघको सदस्यहरुमा सदस्यहरु एक कुमारी थापा, पम्फा राना मगर, रंगमाया सुनार, रमा गिरि, पार्वती थापा, डोल्पा तामाङ, अलैंची अधिकारी, सीता तिरुवा, मिठु नेपाली, रेणुका शाही, सावित्री दंगाल, लक्ष्मी दंगाल, माया सिक्देल, अप्सरा श्रेष्ठ र सरस्वती श्रेष्ठ चयन हुनुभएको हो । त्यस्तै नेपाल उत्पिडित मुक्ति समाज तर्फ पनि सीता तिरुवाको संयोजकत्वमा दश सदस्यीय कमिटी गठन भएको हो ।
लोकतान्त्रिक आदिवासीजनजाति महासंघका केन्द्रीय सचिव हर्क तामाङको प्रमुख अतिथि रहेको थियो । तामाङले वडा देखि संघ सम्मको जितले मात्रै समृद्ध नेपाल निर्माणको लागि काम गर्न सकिने बताउनुभयो । संगठन भित्रका अन्तर विरोधहरुलाई हल गर्ने उद्देश्यले मिसन ग्रासरुटको अभियान चलाएको र अभियान सकिदै गर्दा समस्याको हल समेत हुदै गएको उहाले बताउनुभयो । पार्टीको उद्देश्यलाई सार्थकता तुल्यानुका निम्ति जनबर्गिय संगठनहरुको महत्त्वपूर्ण भुमिका रहने सचिव तामाङको भनाइ थियो । महिलाहरूको हक हित र समावेशीताको मुद्दाहरुको उठानका निम्ति अखिल नेपाल महिल संघमा आवद्ध हुन जरुरी रहेको उहाले बताउनुभयो ।
त्यस्तै जनजातिको हक हित र अधिकारका निम्ति लोकतान्त्रिक आदिवासीजनजाति महासंघमा आवद्ध हुनुपर्ने बताउदै दलित हक, हित र अधिकारका निम्ति नेपाल उत्पिडित मुक्ति समाज संगठनमा आवद्ध भए मात्रै समस्याको हल गर्न सहज हुने उहाँले बताउनुभयो ।
नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य एवम् इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले कम्युनिस्ट पार्टीको स्थापनाकाल सम्झिदै कम्युनिस्ट पार्टि स्थापनाको उद्देश्य जहनीयँ राणा शासनको अन्त्य गरि जन शाशनको स्थापनाका लागि पार्टी स्थापना भएको बताउनुभयो । फलस्वरुप २०६२/६३ साल पछि एकात्मक राजतन्त्रको अन्त्य भइ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो । व्यवस्था परिवर्तन सँगै नागरिकको अबस्था परिवर्तन गर्नुपर्ने चुनौती थपिएको उहाले बताउनुभयो । पार्टी नागरिकको अवस्था परिवर्तनको निम्ति लागि रहेको बताउनुभयो ।
नेपालले पार्टिलेनै नागरिकको अबस्थामा परिवर्तन ल्याउन मद्दत गर्ने बताउदै पार्टी बलियो बनाउदै लैजानु पर्नेमा जोडदिनुभयो । पालिकामा ६० प्रतिशत जनजातिको बाहुल्यता भएको र महिला, दलितको पनि उत्तिकै बसोबास भएकोले आदिवासीजनजाति, महिला, दलितको हकहित अधिकारका निम्ति लोकतान्त्रिक आदिवासीजनजाति महासंघ, अखिल नेपाल महिला संघ र नेपाल उत्पिडित मुक्ति समाज जस्ता जनवर्गीय संगठनहरुको बिकास, विस्तार र सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालले बताउनुभयो । स्थानीय सरकारको अनुभुती गराउने गरि भौतिक पुर्वाधार, कृषि, स्वास्थ क्षेत्र जस्ता पालिकाको अन्य पाटोहरुमा महत्वपूर्ण कामहरु गर्दै अघि बढेको अध्यक्ष नेपालले दावी गर्नुभयो ।
नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल फागुन ८ गतेदेखि ओैपचारिक कार्यक्रमबाट सुरुभएको ग्रासरुट अभियान बैशाख १२ गते पछि बिट मारिने बताउनुभयो । अभियानले बैचारिक, राजनैतिक प्रशिक्षण गर्ने र पार्टी संगठनको निर्माण गर्ने कार्य गरेको अध्यक्ष नेपालले बताउनुभयो । जनसंगठनले वर्गीय मुद्दालाइनै उठान गर्ने भएकोले जनवर्गीय संगठनको महत्त्वपूर्ण भुमिका रहने नेपालले बताउनुभयो । जनवर्गीय संगठनहरुमा अधिकारको मात्रै कुरा नगरि राज्यले दिने सेवा सुविधाहरुको अबसर प्राप्ती गराउन मद्दत समेत गर्नुपर्ने उहाँको भनाइ थियोे । सिन्धुपाल्चोककोमा जनजातिको बाहुल्यता भएकोले जनवर्गिय संगठनको आवश्यकता रहने अध्यक्ष नेपालको तर्क छ । नेपालले पार्टीको विधि सिद्धान्तको दिशामा जनसंगठन लागि परोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक आदिवासीजनजाति महासंघ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष डबले लामाको सभाध्यक्षतामा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लोकतान्त्रिक आदिवासीजनजाति महासंघका केन्द्रीय सचिव हर्क तामाङ विशेष अतिथिको रुपमा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य डोल्मा तामाङ, बागमती प्रदेश सचिवालय सदस्य एवम् इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपाल, नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा एमालेका जिल्ला सदस्यहरु र वडा अध्यक्षहरु सहित सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।