सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा भित्तेपात्रो विमोचन

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो ।

‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ स्थापित समाजका महासचिव उत्सव खड्काले स्वागत मन्तब्य राख्नुभएको थियो। संस्था दर्ता पूर्वनै बिभिन्न देशमा रहेका सिन्धुपाल्चोक वासीले गरेका सहयोग अभियानहरु र संस्था गठनका बारे अध्यक्ष न्यौपानेले प्रष्ट्याउनु भयो।

सलाईका काँटीले डँडेलो सल्काए जस्तै समाजले साना साना कामबाट सकारात्मक कर्म गर्न सकोस भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले शुभकामना सन्देश दिनुभयो। कलाकार घमेश दुलालले सिन्धुपाल्चोकका कलाकारहरूले समाजसँग हातेमालो गर्न कुनै कसरत नराख्ने भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्य व्यक्त गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिनाले समाजसँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा लागी रहने बताउनुभयो ।

त्यसै गरी पूर्व स्ववियु अध्यक्ष प्रदिप पौडेलले समाजको अभियानमा सहकार्यका लागी सधैँ तत्पर रहेको र रहिरहने बताउनुभयो । एआरएनए कुवेतका उपाध्यक्ष नवराज पराजुलीले देशविदेशमा रहेका सबै सिन्धुवासीलाई जोडेर अगाडि बढ्न समाजलाई सुझाब दिनुभयो । कंगारु एजुकेसन फाउन्डेसनका महेश बाबु तिमल्सीनाले विदेश रहरको शहर बन्नु पर्ने र वैदेशिक यात्राले दुःख मात्र होइन शेष घले जस्ता ठूला व्यवसायिक व्यक्तित्व उत्पादन गरेको उदाहरण दिदै सीप र शिक्षाले अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो ।

Leave a Reply