महेन्द्र माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावति गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको को ६६ औं बार्षिकोत्सव सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्नो ६६ औं बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका खानेपानि उर्जा तथा सिंचाई मन्त्रि माननीय कृष्णकुमार तामाङले धेरै दुख पार गरेर आएको विद्यालयले शैक्षिक प्रगति बढाँउदै लैजानुपर्ने बताउनुभएको छ । विद्यालयमा दक्ष शिक्षकको व्यावस्थापन, कुशल व्यावस्थापन समिति, अनुसासीत विद्यार्थी, जागरूक अभिभावक र संस्कारयुक्त शिक्षा नै महत्वपुर्ण हुने उहाँले बताउनुभयो । आफु मन्त्रि भएपछी कानुनी अल्झनहरु सुल्झाउँदै काम सुरु गरेको उहाँले जानकारी दिनुभयो विद्यालयमा सबैखाले सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । समुदाय स्तरमा पनि मुहान र समुदाय मिलाएर आएमा बजेट व्यावस्थापनमा पहल गर्ने उहाँको भनाई थियो । साथै कृषि क्षेत्रमा पनि काम गदैृ जाने मन्त्रि तामाङको भनाई छ । विद्यालयको भौतिक संरचना मात्र नभई अब शैक्षिक गुणस्तरमा ध्यान दिने बेला आएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयहरू समुदायको आकर्षण हुनुपर्ने वक्ताहरुले बताउनुभएको छ । सामुदायिक विद्यालयहरू समुदायको आकर्षणको केन्द्र नभई शैक्षिक उपलब्धिहरू हाँसिल गर्न नसकिने उहाँहरुको भनाई छ ।

कार्यक्रममा प्रधानाध्यापक बद्री बहादुर तामाङले विद्यालय प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अक्षयकोषबाट छात्रवृत्ति वितरण गरीएको थियो । विद्यालयले उत्कृष्ठ शिक्षक तथा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापा, वडा नम्बर ३ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङ लगाएत निर्वातिच वडा सदस्यहरु, पुर्व जनप्रतिनिधिहर लगाएत समाजसेवि तथा राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सञ्जुमाँया तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply