मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लाग्यो, आज ५ टोली बाहिरिए

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, भदौरे । 
मेलम्ची नगरस्तरीय भलिबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने ३ ओटा टोलीको टुङ्गो लागेको छ । आयोजक सिद्देस्वरी युवा क्लब ए, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरे र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले सेमिफाइनलमा स्थान बनाएको हो ।

आज भएको खेलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले मेलम्ची नगरपालिका ८ क्यौरानीलाई, जनता माध्यामिक विद्यालय मेलम्ची ९ ज्यामिरेले मेलम्ची ३ हैबुङलाई र श्रीजनसिल युवा क्लब मेलम्ची ७ छापले न्यू फ्याफुल्ला युवा क्लब मेलम्ची २ भोटेचौरलाई हराउँदै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

अब भोलि हुने क्वाटर फाइनलको अन्तिम खेल पछि सेमिफाइनल समिकरण पुरा हुने छ । भोलि सिन्धु योङ् स्टार युवा क्लब ज्यामिरे र मेलम्ची ४ थकनीले सेमिफाइनल पुग्न क्वाटर फाइनलको अन्तिम खेल बिहान ७ बजे सुरु हुने छ । सेमिफाइनलमा आयोजक सिद्देस्वरी युवा क्लब ए ले सँग श्रीजनसिल युवा क्लब मेलम्ची ७ छाप तथा जनता माध्यामिक बिद्यालय मेलम्ची ९ ज्यामिरेले सिन्धु योङ् स्टार युवा क्लब ज्यामिरे र मेलम्ची ४ थकनी बिचको बिजेता सँग खेल्नेछ । 

१० टोली सहभागी प्रतियोगिताबाट आज आयोजक सिद्देस्वरी युवा क्लब बि, न्यू फ्याफुल्ला युवा क्लब मेलम्ची २ भोटेचौर, वडा नम्बर ३ हैबुङ, वडा नम्बर ७ दुवाचौर र वडा नम्बर ८ क्यौरानी बाहिरिएको छ । 

स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिकाको सहयोगमा सिद्देश्वरी युवा क्लव मेलम्ची नगरपालिका वडा नम्वर ५ भदौरेको आयोजनामा सोमबार देखि सुरु भएको प्रतियोगिताको भोलि बुधवार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ । 

आयोजक सिद्देस्वरी युवा क्लब ए र बि गरी दुई टोली, मेलम्ची ९ ज्यामिरे, मेलम्ची ४ थकनी, मेलम्ची ३ हैबुङ, सिन्धु योङ् स्टार युवा क्लब ज्यामिरे, श्रीजनसिल युवा क्लब मेलम्ची ७ छाप, मेलम्ची ७ दुवाचौर, मेलम्ची ८ क्यौरानी र न्यू फ्याफुल्ला युवा क्लब मेलम्ची २ भोटेचौर गरी नगरपालिका भित्रका १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३५ हजार उपविजेताले २५ हजार र तृतीय स्थान हँसिला गर्ने टोलीले १५ हजार नगद सहित सबैले कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो । 
 

Leave a Reply