चण्डेश्वरी माविको ४८ औँ वार्षिकोत्सव सम्पन्न 

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार । 
इन्द्रावती गाउपालिका वडा नम्बर १० स्थित चण्डेश्वरी माविको ४८  औँ वार्षिकोत्सव पुर्व विद्यार्थी पुनर्मिलन एवम् अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा र इन्द्रावती गाउपालिका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष  झम्क नाथ नेपालको सभाध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो ।  
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री  युवराज दुलालले   नेपाली माटोलाई माया गर्ने सीपमुलक शैक्षिक उत्पादन आजको आवश्यक रहेको  बताउनुभयो । देशभरका विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्नेमा मन्त्री दुलालले जोडदिनुभयो ।   गुणस्तरीय शिक्षा अङ्क वृद्धमा मात्रै नभइ व्यबहारीकतामा पनि जोडिए शिक्षा प्रणालीले सार्थकता पाउने दुलालले बताउनुभयो ।  

विद्यालयले  वैज्ञानिक योजना लिएरआएमा आफूले सक्दो सहयोग गर्ने दुलालले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आफू निर्वाचित भए देखि नै आफ्नो क्षेत्रमा विकासको जग हालिसकेको मन्त्री दुलालले दावी गर्नुभयो । दुलालले आफूले सुरु गरेको  भौतिक पूर्वाधारका क्षेत्रको कार्यलाई पुरा गर्ने बताउँदै सुविधा सम्पन्न सुन्दर बिकसित घरको परिकल्पना रहेको बताउनुभयो । 

वडा नम्बर १०  का अध्यक्ष रामचन्द्र घिमिरेले शिक्षा नीतिको योजना सफल पार्नका लागि शिक्षक, विद्यार्थी सँगै अभिभावकहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । पालिकाले शिक्षा अन्तर्गत अध्यक्ष सँग टुहुरा बालबालिका कार्यक्रम पनि ल्याइएको उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थीहरुको शैक्षिक सुधारमा निम्ति शिक्षक सँगै अभिभावकले पनि चासो दिनुपर्ने घिमिरेले बताउनुभयो । 


कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका पालिका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति, अध्यक्ष झम्क नेपालले कार्यक्रमको समापन गर्नुहुँदै विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोडदिनुभयो । उहाँले आफू नेतृत्वमा हुँदा नेपाल सरकार र भारतीय दुतावासको संयुक्त लागत साझेदारिमा विद्यालय भवन निर्माण सम्पन्न गर्न सफल भएको दावी गर्नुभयो । नेपाल सरकार र भारतीय दुतावासको  ६ करोड ३३ लाख लागत साझेदार भएकोमा आफुले १ करोड ५० लाख  बजेट थप गर्न लगाई भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष नेपालले बताउनुभयो। 

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक, अभिभावकहरु, कलाकारहरु  लगायत सरोकारवालाहरुको बाक्लो उपस्थित रहेको थियो ।   कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो सँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । 

Leave a Reply