रेडियो मिसन, ज्यामिरे ।
मेलम्ची नगरपालिका वडा नम्वर ९ ज्यामिरेको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच नगर प्रमुख आइतमान तामाङ र वडा अध्यक्ष किरणदिप खड्काले भवनको शिलान्यास गर्नुभएको हो ।
जुगल हिमशिखर/केदार निर्माण सेवा जेबीले जिम्मा पाएको भवनको २०८० असार २० गतभित्र सम्पन्न गरिसक्नुपर्ने छ । भवन निर्माणको लागी २ करोड ४४ लाख ९७ हजार रुपैयाँमा सम्झौता भएको छ ।
९ कोठा, एक सभाहल, शौचालय तथा पर्खाल सहितको सुविधा सम्पन्न भवनको समयमै निमार्ण सम्पन्न गर्न प्रतिवद्ध रहेको ठेकेदार अमर दोङले जानकारी दिनुभयो । यस अघि भवनको अभावमा अस्थायी टहराबाट वडा कार्यालय सञ्चालन भइरहेको थियो ।
भवनको शिल्यान्यास गर्नु हुँदै नगरप्रमुख तामाङले वडा कार्यालयको भवन निर्माण पछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उहाँले निर्धारित समयमै सम्झौता अनुसार काम गर्न समेत ठेकेदार पक्षलाई आग्रह गर्नुभयो ।