इन्द्रावतीमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, १९ माघ नवलपुर


इन्द्रावतीमा गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो ।  


उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयहरूमा सुत्केरी महिलाहरूले आफ्नो  स्वास्थ्य चेक जाँच गर्ने क्रममा वृद्धि भएको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्टले बताउनुभयो । पालिकाले  सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत संस्थागत सुत्केरी हुने महिलाहरूलाई एक हजार नगद सहित एक क्रेट अण्डा दिने गरेको छ । 

सुनौलो हजार दिनलाई प्रभावकारी बनाउने र कुपोषित बच्चाहरूलाई लक्षित गरि दुई वर्ष सम्मको बच्चाहरूलाई पोषणयुक्त खाना खुवाउने उद्देश्यले कार्यक्रम सुरु भएको हो । घरघरमा झण्डा सुत्केरीलाई अण्डा भन्ने नाराका साथ कार्यक्रम सुरु भएको थियो । 


इन्द्रावतीमा पालिका स्तरीय पोषण तथा CB–IMNCI कार्यक्रमहरूको समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त कार्यक्रम प्रभावकारी भएको पाइएको छ । इन्द्रावती गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम  आजबाट सुरु भएको छ ।


समीक्षा तथा योजना तर्जुमा गोष्ठी तीन दिन सम्म सञ्चालन हुने पालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । गोष्ठीमा  पालिका मातहतका १२ स्वास्थ्य चौकी प्रमुखहरू , खाद्य तथा पोषण अन्तरगत कार्यरत कर्मचारीहरू सहित को उपस्थिति रहेको श्रेष्ठले बताउनुभयो  । 

Leave a Reply