रेडियो मिसन, सिन्धुकोट ।
समग्र मेलम्ची नगरको शैक्षिक गुणस्तर बृद्वि गर्नको लागि सबैको सल्लाहमा काम गर्ने नगर प्रमुख आइतमान तामाङले बताउनुभएको छ । शैक्षिक रुपमा नगरपालिकालाई अब्बल बनाउने योजना सहित काम गरिरहेको उहाँले बताउनुभयो ।
श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । विद्यालय परिसरमा तारजाली लगाएर घेराबार गर्ने प्रमुख तामाङले प्रतिवद्धता जनाउनुभएको छ । विपन्न वर्गको विद्यार्थी लाई छात्रवृति दिएको र त्यसले पढाईलाई निरन्तरता दिने उहाँले बताउनुभयो । कक्षा ८ सम्मको विद्यार्थीको लागी खाजाको ब्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो ।
नयाँ निर्वाचित जनप्रतिनिधिहरूको टीम भएकाले सबै ठाउमा सबै काम योजनाबद्ध रुपमा गर्न केही समय लाग्ने उहाँले बताउनुभएको छ । यति हुँदाहुँदै पनि नगरपालिकाको छात्राबृति दिने सोच बनाएको उहाँले बताउनुभयो । पढाई सँगै सांस्कृतिक कार्यक्रमहरूको लागि सहयोग गर्ने उहाँले बताउनुभयो ।
श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिचमा बिच विद्यालयले ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न गरेको हो । कार्यक्रममा वडा अध्यक्ष राजु रायमाझी, पूर्व वडा अध्यक्ष, सुदर्शन लुँइटेल, मेलम्ची ५ का वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।