रेडियो मिसन, थकनी ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिरले स्वास्थ्य सामाग्रीहरु बितरण गर्नुभएको छ । तामाङले गृह वडा मेलम्ची नगरपालिका ४ थकनीमा स्वास्थ्य सामाग्रीहरु बिततरण गर्नुभएको हो ।
पल्स अक्सिमिटर, थर्माेमिटर गन, ग्लोब्स, बिपि सेट, मास्क, फेस सिल्ड, पिपिइ सेट, डिजिटल थर्माेमिटर लगायतका नागरिकहरुलाई दैनिकि रुपमा र भैपरि आउँदा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
आज एक कार्यक्रमका बिच सो स्वास्थ्य सामाग्रीहरु मेलम्ची ४, थकनिमा रहेको पिप्ले एकीकृत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो ।
तामाङले थकनी ओख्रेनिको लागि, स्वास्थ्य केन्द्रको इन्चार्जहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।