वित्तीय साक्षरता तथा अन्तर समूह सुदृढीकरण सम्बन्धि तालिम ज्यामिरेमा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नं.९ ज्यामिरेमा वित्तीय साक्षरता तथा अन्तर समूह सुदृढीकरण तालिम सम्पन्न भएको छ । ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार सहकारीको कार्यालय भवनमा तालिम भएको हो ।

तालिममा संस्थागत विकास, सुशासन, संचालक समिति, लेखा समिति, कर्मचारी र शेयर सदस्यको काम, कर्तव्य, जिम्मेवारी तथा भूमिकाको विषयमा छलफल भएको थियो ।

साथै ऋण लगानी गर्दा ख्याल गर्नुपर्ने कुराहरु, भाका नाघेका ऋण असुली लगाएत विषयमा विस्तृतमा छलफल गरिएको थियो ।

तालिमको सहजीकरण साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बनेपाका प्रबन्धक सरोज भट्टराई र गौतम के. सी.ले गर्नुभएको थियो ।

Leave a Reply