रेडियो मिसन, नवलपुर
इन्द्रावती गाउँपालिकामा ७ दिने मनोसामाजिक तालीम सुरु भएको छ । गाउँपालिका भरीका विद्यालय तथा सामाजिक अगुवाहरूको सहभागितामा तालीम सुरु भएको हो ।
पालीकाका वडाहरूलाई सिफारिस गरेर पठाएका शिक्षक सामाजिक व्यक्तित्व लाई तालिम दिन लागिएको महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताउनुभयो । एक वडाको २ जनाको दरले १२ वटा वडाबाट २४ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालीका समृद्ध हुनको लागी सबै क्षेत्रमा दक्षता आवश्यक हुने भएकाले पनि यस्ता तालिमहरू प्रभावकारी हुने बताउनुभयो । यसका साथै उहाँले यो तालिमले आगामी दीनमा पालीकामा मनोसामाजिक समस्या भोगिरहेका नागरिकले राहत महसुस गर्ने उहाँले बताउनुभयो ।
मानसिक रुपम विक्षिप्त भएकाहरूको पहिचान गरेर समस्या समाधान गर्ने उद्देश्यले तालीम आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । तालिमको समापन पश्चात समाजमा भएका मनोसामाजिक समस्या भोगिरहेका ब्यक्तिको पहिचान र परामर्शको लागी सहजकर्ताको भूमिकामा रहेर काम गर्न सहभागीलाई ७ दिनसम्मको तालीम दीन लागिएको हो ।
इन्द्रावती गाउँपालिकाको आयोजनामा सुरु भएको यस तालिमले पालीकामा मनोसामाजिक समस्यामा परेकाहरूलाई सहजता हुने महिला तथा बालबालीका शाखा प्रमुख सुजता गौतमले बताउनुभयो । विभिन्न कारणले मनोसामाजिक समस्या भोगिरहेका पालीका वासिको समस्या समाधानमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।