इन्द्रावतीमा दिवा खाजा सम्बन्धि अभिमुखि कार्यक्रम सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर ।
विश्व खाद्य संगठनको दिवा खाजा सम्बन्धी स्थानीय तह अभिमुखी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षता र कार्यपालिका सदस्य एवं वडा अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो ।

दिवा खाजा फिनल्यान्ड सरकारले नेपालमा पढ्ने बिद्यार्थीहरुलाई सहयोग कार्यक्रम रहेको अध्यक्ष नेपालले बताउनुभयो । दिवा खाजाको लागि देखिएको समस्याको पहिचान सँगै समाधान पनि हुने अध्यक्ष नेपालले बताउनुभयो । दिवा खाजाको लागि रकम अपुग भएको महसुस गरेको तर पालिकाको श्रोतले भ्याय अनुसार पालिकाले साढे दुई रुपैयाँ रकम विनियोजन गरिदिएको अध्यक्ष नेपालले बताउनुभयो ।

विश्व खाद्य सङ्गठनका प्रतिनिधि रुद्र सुनारले वडा अध्यक्षहरुले विद्यालयको दिवा खाजा सम्बन्धी आवश्यक अनुगमन तथा पहिचान गरि पालिकाको शिक्षा शाखामा जानकारी गराउन अनुरोध गर्नुभयो । पालिकाले पालिकास्तरीय कार्यविधि तयार गरि सहजिकरण हुने सुनारले बताउनुभयो ।

Leave a Reply