इन्द्रावतीमा भएको डिजिटल हाजिरी जवाफ प्रतियोगितामा राजेश्वरी माध्यमिक विद्यालय पहिलो 

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभुत तह कक्षा एक देखी कक्षा देखि  पाँच कक्षा सम्मको डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राजेश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी कमलादेवी माविले द्वितीय र सुर्य किरण आधारभुत बिद्यालयले तृतीय स्थान हात पारेको छ ।  

कार्यक्रमको अवसरमा इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नेपालले विद्यालयहरुले पाठ्यन्तर क्रियाकलाप र अतिरिक्त क्रियाकलाप गराउँदै आएकोमा अलि बढि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो । प्रतियोगिताको नतिजा नियाल्दा सहभागी विद्यार्थीहरू गणित विषयमा कमजोर देखिएको अध्यक्ष नेपालले बताउनुभयो । अध्यक्ष नेपालले गणित विषयलाई प्राथमिकतामा राखेर सुधार गर्नु पर्नेमा जोडदिनुभयो ।

आधारभूत तहको शिक्षा मजबुत गरेमा मात्रै उच्च तहको पढाइमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाई थियो । आधारभूत तहको शिक्षा मजबुत गरेमा मात्रै उच्च तहको पढाइमा सकारात्मक प्रभाव पर्ने अध्यक्षले बताउनुभएको । पालिकाले डिजिटल प्रविधिबाट  हाजिरी जवाफ गरेकोमा देशकै नमुना कार्य गरेको दावी गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रलाई बढि प्राथमिकता दिएको बताउनुभयो ।

प्रतियोगितामा शिक्षकले विद्यालयमा गरेको परिश्रमको मूल्यांकन भएको पालिका उपाध्यक्ष शोभना तामाङले बताउनुभयो । उपाध्यक्ष तामाङले प्रतियोगितामा सफल प्रतियोगीहरूलाई आगामी भविष्य सफलताको कामना गर्दै असफल हुने प्रतियोगीहरूलाई निरन्तर प्रयासमा लागि पर्न आग्रह गर्नुभयो । 

गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले असफलता नै सफलताको जननि भएको बताउनुभयो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नयाँ ज्ञान, सीप सिक्ने मौका पाएको प्रवक्ता आचार्यको भनाई थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सफल हुनेहरुलाई धेरै नहौसिन र असफल हुनेहरू निरास नहुन सुझाव दिनुभयो । 

प्रतियोगितामा डिजिटल प्रविधिको प्रयोग एक अभ्यास मात्रै रहेको बताउनुभयो । प्रविधिलाई अभ्यासको रुपमा प्रयोग गर्दै सफल बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

पालिका भित्रका ७ ओटा विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूले क्रमशः १५ हजार, १२ हजार र ७ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय विद्यालयका विद्यार्थीहरूलाई गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पुरस्कार बितरण गर्नुभएको थियो । 

Leave a Reply