हार्ट अफ नेपालद्धारा कुखुराको चल्ला वितरण

* # समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाँउपालीका वडा नम्बर १२ र ७ का महिलाहरुलाई हार्ट अफ नेपालले कुखुराको चल्ला, दाना, औषधी, गुलकोज वितरण गरेको छ ।
संस्थाको संयोजक जयन्ति सापकोटा र सामाजीक परीचालकहरुले वडा न ७ र १२ मा रहेको २० वटा समुह मध्येको एक समुहको १ महिलालाई ३५ वटा कुखुराको चल्ला, औषधी र गुलकोज वितरण गरीएकाे हाे ।
विधालयको दिवा खाजालाई प्रभावकारी बनाउने र संस्थाले वितरण गरेको कुखुराको चल्लाबाट उत्पादीत मासु र अण्डा जस्ता स्थानीय उत्पादनलाई विधालयको दिवा खाजाको लागी प्रयोग होस भन्ने उदेश्यका साथ महिलाहरुको आर्थीक बिकासका लागी संस्थाले कुखुराको चल्ला, दाना, औषधी वितरण गरेको संयोजक जयन्ति सापकोटाले बताउनुभयो ।
पिछडीएको दलित र जनजाती महीलाहरुलाई आत्मनिर्भर बनाई आफुले उत्पादन गरेको बस्तु आफ्नै बच्चाको निम्ति विधालयमा दिवा खाजाको रुपमा प्रयोग गर्ने बातावरण गराई संस्थाले घरायसी उत्पादनको बजारीकरण समस्या नरहने गरी उत्पादन बस्तुको विधालयमा विक्रि गराई गरीब र जनजाती महीलाहरुको आर्थीक पाटोलाई पनि सहयोग पुर्याउने लक्ष्य सस्थाले राखेको छ ।
वितरण कार्यक्रममा संस्थाका सामाजीक परीचालक राजन दंगाल, पुर्ण माया दनुवारको उपस्थिति रहेको थीयो । हार्ट अफ नेपाल संस्थाले वडा न १२ को चार वटा र वडा न ७ को २ वटा विधालयमा दिवा खाजाका लागी प्रति विधार्थी २० रुपैयाँ सहायता गदै आएको छ ।

Leave a Reply